• Menu

नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक राष्ट्रियसभामा प्रस्तुत

नेपाल प्रफिट

२०८१ असार ९, १६:४७

नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक राष्ट्रियसभामा प्रस्तुत

काठमाडौँ । राष्ट्रियसभाको आज आइतबारको बैठकमा ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक २०८१’ पेस भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विधेयक सभामा पेस गरेका हुन् ।

बैठकमा उक्त विधेयक सर्वसहमतिबाट पारित भएको छ । नवीकरणीय ऊर्जाको प्रवर्धन, विकास र विस्तार गरी वातावरण संरक्षणमा योगदान पुर्‍याउन उचित कानुनी व्यवस्था गर्ने, नवीकरणीय ऊर्जाको प्रवर्धन, विकास र विस्तार गरी दिगो ऊर्जामा नागरिकको पहुँच वृद्धि गर्ने जिम्मेवारीका साथ संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहमा तोकिएका निकायसँग आवश्यक समन्वय गर्ने व्यवस्था विधेयकमा समावेश गरिएको छ ।

राष्ट्रियसभाको अर्को बैठक सोमबार अपराह्न १:१५ बजे बस्नेछ ।