• Menu

स्टन्ट भिडियो भाइरल भएपछि रास्वपा सांसद बब्लु गुप्ता कारबाहीमा, तिरे ५ सय जरिमाना

नेपाल प्रफिट

२०८३ साउन ८, शुक्रबार १२:५५

स्टन्ट भिडियो भाइरल भएपछि रास्वपा सांसद बब्लु गुप्ता कारबाहीमा, तिरे ५ सय जरिमाना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बब्लु गुप्तालाई ट्राफिक नियम उल्लंघन गरेको भन्दै ट्राफिक प्रहरीले पाँच सय रुपैयाँ जरिमाना गरेको छ।

गुडिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको उनको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले कारबाही गर्दै जरिमाना तिराएको हो।

घटनापछि सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि सांसद गुप्ताले आफ्नो व्यवहारप्रति दुःख व्यक्त गर्दै सार्वजनिक रूपमा क्षमा मागेका छन्। उनले भविष्यमा यस्ता गतिविधि नदोहोऱ्याउने प्रतिबद्धतासमेत जनाएका छन्।