• Menu

हस्तकला उद्योगको प्रवर्धन र विस्तारबारे प्रधानमन्त्री शाहले महासंघसँग छलफल गर्ने

नेपाल प्रफिट

२०८३ साउन ६, बुधबार ११:४६

हस्तकला उद्योगको प्रवर्धन र विस्तारबारे प्रधानमन्त्री शाहले महासंघसँग छलफल गर्ने

काठमाडौं । विगत केही दिनदेखि मुलुकको अर्थतन्त्र उजिल्याउने उद्देश्यले विभिन्न उद्योगी व्यवसायीहरूसँग निरन्तर छलफल गरिरहेका प्रधानमन्त्री वालेन्द्र शाहले बुधबार नेपाल हस्तकला महासंघका प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्रीले मुलुकको हस्तकला उद्योग, त्यसको विस्तार र प्रवर्धन गर्ने उद्देश्यले महासंघका प्रतिनिधिसँग छलफल गर्न लागेका हुन् ।

छलफलमा महासंघका अध्यक्ष रवीन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरणकुमार स्थापित, सल्लाहकार विकासरत्न धाक्ख्वा र शीर्ष निर्यातकर्ता महेश्वर श्रेष्ठ सहभागी हुने छन् ।