• Menu

गोठमा आगलागी हुँदा तीन जिल्लामा ७ लाख ४० हजार बराबरको धनमाल जल्यो

नेपाल प्रफिट

२०८३ साउन ६, बुधबार १३:२२

गोठमा आगलागी हुँदा तीन जिल्लामा ७ लाख ४० हजार बराबरको धनमाल जल्यो

काठमाडौं । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ ।

महोत्तरीको सोनमा गाउँपालिका-३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब तीन लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

काभ्रेको बनेपा नगरपालिका-१ दुलाल गाउँस्थित लक्ष्मण दुलालको गोठमा विद्युत सर्ट भई मंगलबार राति आगलागी हुँदा गोठ पूर्णरूपमा जल्दा करिब दुई लाख ४० हजार बराबरको नाक्सान भएको छ ।

प्रहरी प्रधानकार्यालयका अनुसार  सप्तरीको कञ्चनरूप नगरपालिका-६ क्वाटर मलेठस्थित नवराज बस्नेतको गोठमा मंगलबार राति आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब दुई लाख बराबरको धनमाल नष्ट भएको छ ।