• Menu

थाइल्याण्डको सम्मेलन सकिएपछि प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता

नेपाल प्रफिट

२०८३ साउन ६, बुधबार १३:५४

थाइल्याण्डको सम्मेलन सकिएपछि प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्की संगठित अपराधसम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा सहभागी भई बुधबार स्वदेश फर्केका छन् ।

संघीय अनुसन्धान ब्युरो (एफबिआइ) र रोयल थाई पुलिसको आयोजनामा थाइल्याण्डको बैंककमा यही साउन ४ र ५ गते सो सम्मेलन भएको थियो ।

उक्त सम्मेलनमा अन्तरराष्ट्रिय संगठित अपराध, साइबर ठगी तथा सीमापार अपराध नियन्त्रणका लागि विश्वव्यापी सहकार्य, सूचना आदानप्रदान तथा प्रभावकारी अन्तरराष्ट्रिय समन्वयको अपरिहार्यताका विषयमा बृहत् छलफल भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।