• Menu

बिमा र धितोपत्र कसुर मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न आदेश

नेपाल प्रफिट

२०८३ साउन १, शुक्रबार ११:४२

बिमा र धितोपत्र कसुर मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालविरुद्ध दायर तीन छुट्टाछुट्टै मुद्दामा धरौटीमा रिहा गर्ने आदेश दिएको छ। न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले बीमा ऐन र धितोपत्र सम्बन्धी कसुरका मुद्दामा उनीहरूलाई धरौटी तोकेको हो।

अदालतले बिमा ऐनअन्तर्गत सुलभ अग्रवाललाई २ करोड रुपैयाँ र दीपक भट्टलाई १ करोड ५० लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएको छ। त्यस्तै, धितोपत्र सम्बन्धी अर्को मुद्दामा अग्रवालका लागि २ करोड ३० लाख रुपैयाँ धरौटी निर्धारण गरिएको छ।

यसअघि विशेष अदालतले धितोपत्र सम्बन्धी छुट्टै मुद्दामा अग्रवालसँग १ करोड ५० लाख रुपैयाँ र भट्टसँग १ करोड रुपैयाँ धरौटी मागेको थियो।

यद्यपि, दुवै जना सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा विशेष अदालतको आदेशअनुसार पुर्पक्षका लागि थुनामा रहेकाले अन्य मुद्दामा धरौटी बुझाए पनि तत्काल रिहा हुने अवस्था भने छैन।