
काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल पाथ ल्याब एन्ड रिसर्च सेन्टर लिमिटेडबीच बैंकका ग्राहकलाई स्वास्थ्य परीक्षण सेवामा विशेष सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।
सम्झौताअनुसार नेसनल पाथ ल्याबबाट उपलब्ध गराइने विभिन्न स्वास्थ्य परीक्षण सेवामा कुमारी बैंकका ग्राहकले १० प्रतिशतसम्म विशेष छुट प्राप्त गर्नेछन्। यस सहकार्यले ग्राहकलाई गुणस्तरीय स्वास्थ्य परीक्षण सेवा सहज र किफायती रूपमा उपलब्ध गराउने विश्वास लिइएको छ।
विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले देशभर फैलिएको आफ्नो शाखा सञ्जाल, स्वचालित नगद सेवा केन्द्र, विस्तार काउन्टर तथा शाखारहित बैंकिङ एकाइमार्फत सुरक्षित, भरपर्दो र स्तरीय सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।
ग्राहकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै बैंकले यसअघि पनि विभिन्न प्रतिष्ठित अस्पताल तथा स्वास्थ्य संस्थासँग सहकार्य गर्दै विशेष छुट तथा सहुलियतका कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसबाट ग्राहकको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच थप सहज र प्रभावकारी बनेको बैंकको विश्वास छ।
समयअनुसार सेवामा सुधार र सुविधाको विस्तार गर्दै ग्राहकमैत्री सेवा प्रदान गर्ने प्रतिबद्धतासहित कुमारी बैंकले आगामी दिनमा पनि यस्ता सहकार्यलाई निरन्तरता दिने जनाएको छ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal