
काठमाडौं । सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिजको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज (२०८३ अजार ११ गते बिहीबार) बिहान आईपीओ बाँडफाँट गरिएको हो ।
सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिजले गत जेठ २८ देखि वैशाख २ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ लाख ५ हजार ५०० कित्ता शेयर निष्काशन गरेकोमा २८ लाख ९४ हजार २३२ आवेदकबाट ३ करोड १० लाख ३३ हजार १८० कित्ता शेयरका लागि आवेदन परेको थियो।
कुल आवेदनमध्ये २८ लाख ५० हजार २५ आवेदन स्वीकृत भएको छ भने ४४ हजार २०७ आवेदन रद्द भएको छ।
मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जसअनुसार ७० हजार ५५० जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal