
काठमाडौं । बौद्धस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा आएको छ। आगलागीबाट क्षति पुगेपछि केही समय बन्द रहेको उक्त व्यापारिक केन्द्र मर्मत तथा पुनर्निर्माण सम्पन्न गरी बुधबारदेखि पुनः ग्राहकका लागि खुला गरिएको हो।
गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा आगजनी हुँदा सुपरमार्केटमा उल्लेख्य क्षति पुगेको थियो। त्यसपछि संरचनागत मर्मत, व्यवस्थापन सुधार तथा आवश्यक पूर्वाधार पुनःस्थापनाको कार्य सम्पन्न गरी नियमित सेवा सुचारु गरिएको कम्पनीले जनाएको छ।
सुपरमार्केट पुनः सञ्चालनमा आएसँगै स्थानीय बासिन्दा तथा उपभोक्ताले दैनिक उपभोग्य सामग्री तथा अन्य सेवासुविधा सहज रूपमा प्राप्त गर्न सक्ने भएका छन्।
भाटभटेनी व्यवस्थापनले ग्राहकको विश्वासलाई कायम राख्दै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धतासहित सञ्चालन पुनः सुरु गरिएको जनाएको छ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal