• Menu
s

रास्वपा महाधिवेशन : ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिँदै, २ घण्टामै नतिजा आउने

नेपाल प्रफिट

२०८३ असार १०, बुधबार ११:५६

रास्वपा महाधिवेशन : ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिँदै, २ घण्टामै नतिजा आउने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत आज हुने निर्वाचनमा ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने भएको छ ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार उम्मेदवारको अन्तिम सूची प्रकाशन भएपछि उपकरणमा उनीहरुको  नाम र तस्बिर राखेर मतदान गराइने छ ।

मध्याह्नदेखि पहिलो चरणको मतदान गर्ने लक्ष्यका साथ आफूहरु खटिइरहेको जानकारी दिँदै उनले नमुना मतदानका निम्ति पाँच वटा उपकरण प्रयोग गरिने बताए ।

निर्वाचनमा ४०० भन्दाबढीले उम्मेदवारी दिएका छन् । विभिन्न ‘क्लस्टर’बाट पनि उम्मेदवार कायम भएकाले मतदानमा अतिरिक्त समय लाग्ने देखिएको छ । मतदान पूरा भएको दुई घण्टाभित्र नतिजा सार्वजनिक गरिने प्रमुख केसीले बताए । पहिलो चरणमा ९९ केन्द्रीय सदस्यका लागि मतदान हुँदैछ ।