
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले बन्दसत्र हलबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता बालेन्द्र शाहको प्रस्ताव र ५१ जना केन्द्रीय समिति सदस्य, सांसद तथा सचिवालय सदस्यहरूको समर्थनमा लामिछाने निर्विरोध निर्वाचित भएको बताएका हुन् ।
‘५१ जना केन्द्रीय समिति, सांसद र सचिवालय सदस्य सबैको समर्थनमा उहाँ निर्विरोध निर्वाचित हुनुभएको छ,’ केसीले भने । उम्मेदवारी दर्ताको समय अझै बाँकी छ । सभापति पदमा अन्य कुनै उम्मेदवारी नपरेपछि लामिछाने निर्विरोध निर्वाचित भएको उनको भनाइ छ ।
केन्द्रीय समिति सदस्यका लागि भने उम्मेदवारी दर्ताको प्रक्रिया जारी रहेको र केही समयसम्म चल्ने केसीले जानकारी दिए । उनका अनुसार मतदान भने भोलि बिहान ९ बजेबाट सुरु हुनेछ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal