
मकवापुर । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, हेटौंडा कार्यालयले औद्यागिक क्षेत्रभित्र सञ्चालित बक्यौता तिर्न बाँकी उद्योगको विद्युत लाइन काट्ने कामलाई आज पनि निरन्तरता दिएको छ । बिहीबार ५० वटा उद्योगको विद्युत लाइन काटेको कार्यालयले आज बिहान ६:०० बजेदेखि बक्यौता तिर्न बाँकी रहेका कार्यालयको विद्युत काट्ने कामलाई निरन्तरता दिएको हो ।
कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीले विद्युत लाइन काट्ने कामका साथै बक्यौता तिरेको अवस्थामा लाइन पुनःजोड्ने कामसमेत भइरहेको जानकारी दिँदै बिहीबार १२ वटा उद्योगको पुनः लाइन जोडिएको बताए ।
हेटौंडा औद्योगिक क्षेत्रभित्र रहेका सानाठूला गरी १३१ वटा उद्योगको बक्यौता तिर्न बाँकी रहेको जनाउँदै उनले बक्यौता नबुझाएका सबै उद्योगको विद्युत् लाइन काटिने उल्लेख गरे ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal