• Menu
s

इरानले भन्यो- सम्झौता भए पनि अमेरिकाप्रति ‘गहिरो अविश्वास’ कायमै छ

नेपाल प्रफिट

२०८३ असार २, ०५:४४

इरानले भन्यो- सम्झौता भए पनि अमेरिकाप्रति ‘गहिरो अविश्वास’ कायमै छ

एजेन्सी । युद्ध अन्त्य गर्ने उद्देश्यका साथ सहमति भए पनि तेहरानले अमेरिकाप्रति ‘गहिरो अविश्वास’ राखेको इरानको विदेश मन्त्रालयले सोमबार जनाएको छ ।

‘दुर्भाग्यवश यो स्वीकार गर्नुपर्छ कि संयुक्त राज्य अमेरिकाप्रति इरानको गहिरो अविश्वास अमेरिकी नेताहरूको लामो समयदेखिको गलत कामका कारण उत्पन्न भएको हो,’ इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले साप्ताहिक रूपमा गरिने पत्रकारहरूसँगको भेटमा भने ।

अमेरिकाले इरानी जनताको विश्वास जित्न अझै लामो यात्रा बाँकी रहेको उनले बताए । फेब्रुअरीको अन्त्यमा सुरु भएको युद्ध रोक्ने पहलका लागि तयार पारिएको यो प्रस्तावको ढाँचा ‘तनाव कम गर्ने र युद्ध अन्त्य गर्ने दिशामा एक कदम मात्र भएको’ पनि उनले स्पष्ट पारे ।