काठमाडौं । नागरिकता किर्ते गरेको कसुरमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले सिरोहियाविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेको हो ।
विभिन्न संस्थामा दुईवटा नागरिकता पेस भएको र नागरिकता नम्बर पनि नक्कली रहेको तथा अर्कोसँग मिलेको आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ ।
सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा नागरिकता किर्ते रहेको भन्दै उजुरी दर्ता भएको छ । सर्लाहीका इन्द्रजितप्रसाद महतोले सिरोहियाको दोहोरो नागरिकता छानबिनको माग गर्दै जाहेरी दर्ता गराएका हुन् ।