• Menu

बागमती प्रदेशमा एक लाख ८४ हजार सवारी चालकलाई कारबाही, १४ करोड ३३ लाख राजस्व संकलन

नेपाल प्रफिट

२०८१ जेठ ४, शुक्रबार ०९:४६

बागमती प्रदेशमा एक लाख ८४ हजार सवारी चालकलाई कारबाही, १४ करोड ३३ लाख राजस्व संकलन
फाइल तस्बिर

चितवन । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा एक लाख ८४ हजारभन्दा बढी सवारी चालकमाथि कारबाही गरेको छ ।

सो कारबाहीबाट १४ करोड ३३ लाख ६४ हजार राजस्व संकलन भएको चितवनस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ ।

पूर्वपचिम राजमार्गमा जडान गरिएको सिसिटिभी र ‘रडार गन’बाट सवारी साधनको गति निगरानी गरिरहेको ट्राफिक प्रहरीले चालु आवको १० महिनामा एक लाख ८४ हजार ३१६ सवारी साधनमाथि नियम उल्लंघनमा कारबाही गरेको हो ।

दुई सय ६१ जनाको मृत्यु

उक्त अवधिमा बागमती प्रदेशका १० जिल्लामा भएको एक हजार १७६ सवारी दुर्घटनामा २६१ जनाको मृत्यु भएको तथा दुई हजार ५८६ जना घाइते भएका कार्यालयले जनाएको छ ।

कार्यालयले गत आवमा दुई लाख ९१ हजार २९३ सवारीमाथि कारबाही गरी २६ करोड ३६ लाख ८३ हजार पाँच सय राजस्व संकलन गरेको थियो । उक्त आवमा एक हजार ३६२ सवारी दुर्घटनामा ३०४ जनाको मृत्यु भएको थियो ।

आव २०७८/७९ मा दुई लाख ५० हजार नौ सवारी साधनमाथि कारबाही गरी कार्यालयले दुई करोड ४१ लाख ७० हजार राजस्व संकलन गरेको थियो ।