• Menu

नविल बैंकको प्रमुख कार्यकारी अधिकृतमा दोहोरिए ढुंगाना

नेपाल प्रफिट

२०८१ जेठ ३, १४:०२

नविल बैंकको प्रमुख कार्यकारी अधिकृतमा दोहोरिए ढुंगाना

काठमाडौं । नविल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा ज्ञानेन्द्रप्रसाद ढुंगाना दोहोरिएका छन् ।

बैंक सञ्चालक समितिको जेठ २ गते बसेको बैठकले सीईओ ढुंगानाको कार्यकाल थप गरेको हो ।

२०७९ असार १७ गते उनी दुई वर्षका लागि बैंकको सीईओ नियुक्त भएका थिए । २०८१ असार १७ देखि लागु हुने गरी थप २ वर्षका लागि सीईओ पदमा पुन: नियुक्त गर्ने निर्णय भएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्