• Menu

ताप्लेजुङको पाथीभरा मन्दिरमा एकै महिनामा ६९ लाख भेटी संकलन

नेपाल प्रफिट

२०८१ जेठ ३, ०९:४१

ताप्लेजुङको पाथीभरा मन्दिरमा एकै महिनामा ६९ लाख भेटी संकलन

ताप्लेजुङ । मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनामा ६९ लाख ३२ हजार चार सय रुपैयाँ भेटी संकलन भएको छ । वैशाखमा संकलन भएको भेटी पाथीभरा क्षेत्र विकास समितिले बुधबार सार्वजनिक गरेको हो ।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले संकलित भेटी रकम बैंक दाखिला गरिएको बताए । समितिले मन्दिरमा चढाइएको भेटी हरेक महिना सार्वजनिक गर्दै आएको छ ।

गत महिना ५१ हजार ८०४ जनाले देवीको दर्शन गरेका थिए । चालु आर्थिक वर्षको वैशाखसम्ममा दुई लाख २० हजार २७२ जना पाथीभरा आएका समितिले जनाएको छ ।