काठमाडौं । सरकारले १६औं पञ्चवर्षीय योजना पारित गरेको छ । सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले १६औं पञ्चवर्षीय योजना पारित गरेको हो ।
बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले सरकारले विभिन्न चरणमा छलफल गरेर तयार भएको १६औं योजना पारित गर्ने निर्णय गरेको जानकारी गराइन् ।
‘आर्थिक वर्षअगावै विभिन्न चरणमा छलफल भएर राष्ट्रिय योजना आयोगबाट तयार भएको १६औं योजना पनि पारित गर्ने निर्णय भएको छ,’ उनले भनिन् । मन्त्रिपरिषद बैठकले नीति तथा कार्यक्रम पनि पारित गरेको छ ।