• Menu

प्रभु इन्स्योरेन्सको अध्यक्षमा राजेन्द्र मल्ल चयन

नेपाल प्रफिट

२०८१ वैशाख ३१, सोमबार १५:३६

प्रभु इन्स्योरेन्सको अध्यक्षमा राजेन्द्र मल्ल चयन

काठमाडौं । प्रभु इन्स्योरेन्स्को अध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन् । कम्पनीको २८औं वार्षिक साधारणसभाले मल्ललाई अध्यक्ष चयन गरेको हो ।

मल्ल निर्जीवन बिमा व्यवसायी संघका अध्यक्ष पनि हुन् । कम्पनीका सदस्यहरुमा सञ्चालकहरुका तर्फबाट मिजास भट्टचन, राहुल ठोकर लामा र शान्ता गौतम चयन भएका छन् । त्यस्तै सर्वसाधारण सेयरधनीका तर्फबाट रामेश्वर सापकोटा र साङ्गे लामा चयन भए ।

नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष मल्ल निर्जीवन बिमा व्यवसायको क्षेत्रमा लामो समयदेखि संलग्न छन् । उनले अन्य विभिन्न व्यावसायिक संघसंस्था र कम्पनीको नेतृत्व गरिरहेका छन् ।

प्रभु इन्स्योरेन्सको व्यावसायिक क्षमता अभिवृद्धिका लागि आफ्नो कार्यकालमा थप योजना अघि बढाउने अध्यक्ष मल्लले बताए । निर्जीवन बिमा क्षेत्रमा जनचेतना अभिवृद्धि एवं व्यावसायिक हितका लागि आफूले पहल गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्