चितवन । चितवनको भरतपुर महानगरपालिका २६ दद्रहानी पुलनजिकै विद्यार्थी लिन गएको स्मल हेभन स्कुलको बसमा आगजनी भएको छ ।
विद्यार्थी लिन गएको बागमती प्रदेश ०६ ००१ क ००४५ नम्बरको बसमा ६ जनाको समूहले आगजनी गरेको हो ।
तीनवटा मोटरसाइकलमा आएका ६ जनाले बसमा पेट्रोल छर्किएर आगो लगाएका हुन् । आगजनीपछि भागेका उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
बस जलाउने व्यक्तिहरूले बसका सहचालकको मोबाइलसमेत खोसेर लगेका छन् ।