काठमाडौं सुनचाँदी व्यवसायी संघको २३औं साधारणसभाका अवसरमा शनिबार आयोजित कार्यक्रममा सभास्थलमा राखिएका व्यापारिक स्टल । सभास्थलमा विभिन्न चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारीसाधन, सुन परीक्षण गर्ने टन्च मेसिन, सीसी क्यामेरा, ज्वेलरी बक्सलगायतका स्टल राखिएका थिए । साधारणसभाका अधिकांश सहभागीले स्टलको अवलोकन गरेको जनाइएको छ ।








तस्बिर : नेपाल प्रफिट