बझाङ । बझाङ-१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले फेरि अग्रता लिएका छन् ।
जयपृथ्वी नगरपालिका, खप्तडछान्ना, छविसपाथिभेरा, सुर्मा, मष्टा, थलारा गाउँपालिका-९ र तलकोट १ र २ को मतगणनापछि कांग्रेसभन्दा एमाले ९ मतले अगाडि देखिएको हो ।
पछिल्लो मत परिणामअनुसार एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले ९ हजार ८८९ र नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ९ हजार ८८० मत प्राप्त गरेका छन् ।
माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ६५४, एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ४८५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए ।