• Menu

एक घण्टामै श्रम स्वीकृति प्रदान गर्ने श्रममन्त्री अर्यालको घोषणा

नेपाल प्रफिट

२०८० चैत २५, १७:४५

एक घण्टामै श्रम स्वीकृति प्रदान गर्ने श्रममन्त्री अर्यालको घोषणा

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रै श्रम स्वीकृति प्रदान गरिने बताएका छन् ।

आइतबार वैदेशिक रोजगार कार्यालयको पत्रकार सम्मेलनमा मन्त्री अर्यालले अबदेखि सबै प्रकारका श्रम स्वीकृत एक घण्टाभित्रै श्रम स्वीकृति प्रदान गर्न सफल भएको बताएका हुन् । नयाँ सफ्टवेयरको प्रयोगबाट एकघण्टा भित्र सबैखाले श्रम स्वीकृति दिन सम्भव भएको मन्त्रीको भनाइ थियो ।

उनले विभागमा हुने कामकारवाहीलाई एकलेयर प्रणालीबाट गर्न सक्ने गरी नितिगत सुधार गरिएको बताए । एकजना श्रमिकले सबै कागजात पूरा बुझाएको अवस्थामा दुई मिनेट ४४ सेकेण्डमा श्रम स्वीकृति पाउन सक्ने गरी काम गरेको र प्रविधिलाई मध्यनजर गर्दै एक घण्टाभित्र नै स्वीकृति प्रदान गरिने उनको भनाइ थियो । अब सवै कागजात अपलोड गरेको एक घण्टामा मोबाईलमा नै श्रम स्वीकृति प्राप्त गर्न सक्ने श्रममन्त्रीको दाबी छ ।