काठमाडौं । नेपाल तयारी पोसाक उद्योग संघको अध्यक्षमा पशुपतिदेव पाण्डे निर्विरोध निर्वाचित भएका छन् । प्योर क्लोथिङका सञ्चालक पाण्डेको नेतृत्वमा आगामी दुई वर्षका लागि तयारी पोसाक उद्योग संघको नयाँ कार्यसमिति चयन भएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य पाण्डेले अघिल्लो कार्यकाल कुशल नेतृत्व गरेका छन् । संघको निवर्तमान अध्यक्षमा चण्डीप्रसाद अर्याल, प्रथम उपाध्यक्षमा वसन्तराज अधिकारी (हिमालयन कटन फेसन एन्ड इन्टरनेसनल प्रालि) र उपाध्यक्षमा भुपेन्द्रकुमार बस्नेत (विद्या एप्परेल्स प्रालि) निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै, महासचिवमा भीमकुमार गिरी (ब्ल्याक फेसन ई. प्रालि), सहसचिवमा थोमनाथ बस्याल (युनाइटेड फेसन निटिङ ई. प्रालि) चयन भएका छन् भने कोषाध्यक्षमा सञ्जयकुमार अग्रवाल (हेरिटेज फेसन) निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यहरुमा क्रमश: कृष्णप्रसाद पाण्डे (ट्रान्सट्रिप गार्मेन्ट ई. प्रालि), सुरेशमान श्रेष्ठ (जम्फा निटिङ इन्डस्ट्रिज), हिराकाजी मुक्तान (लोगो फेसन ई. प्रालि), सतीश गिरी (अनुजित एपरेल्स), सचिन्द्र प्रधानांग (हिमालयन निट वेयर) र रमेशकुमार कर्ण निर्वाचित भएका छन् । त्यस्तै, आमन्त्रित सदस्यमा सन्दीप पौडेल चयन भएका छन् ।