
कञ्चनपुर । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले लक्ष्यअनुरुप वार्षिक राजस्व संकलन गर्न सकेन ।
गत आर्थिक वर्ष २०८२/०८३ मा ६९ करोड दुई लाख ८६ हजार वार्षिक राजस्व संकलनको लक्ष्य लिएकोमा ६० करोड ९ लाख ६२ हजार राजस्व जम्मा भएको कञ्चनपुर भन्सार कार्यालयका सूचना अधिकृत चक्रदेव भट्टले जानकारी दिए ।
‘लक्ष्यभन्दा १३ प्रतिशतले कम राजस्व जम्मा भयो,’ सूचना अधिकृत भट्टले भने, ‘तोकिएकोमा ८७.५ प्रतिशत राजस्व जम्मा भएको छ ।’ उहाँले गत जेठमा करको दरमा गरिएको कडाइ र वनबासा पुल सीमित समय मात्रै खुल्ने भएका कारण राजस्व संकलनमा प्रभावित हुने गरेको बताए ।
यहाँबाट दैनिक उपभोग्य सामान, लत्ताकपडा, इलेक्ट्रिक सामान, भाँडाकुँडा, कृषि सामग्रीलगायतका वस्तु आयात र अदुवालगायतका मालसमान भारत निर्यात हुने गरेको भन्सार कार्यालयले जनाएको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal