• Menu

कांग्रेस कोटामा नियुक्त तीन प्रदेश प्रमुख बर्खास्त, तीनै जना एमालेका सिफारिस

नेपाल प्रफिट

२०८० फागुन २८, १९:०१

कांग्रेस कोटामा नियुक्त तीन प्रदेश प्रमुख बर्खास्त, तीनै जना एमालेका सिफारिस

काठमाडौं । सरकारले गण्डकी, मधेस र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई हटाएको छ । कांग्रेस-माओवादी गठबन्धन हुँदा कांग्रेसको कोटामा नियुक्त भएका प्रदेश प्रमुखलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले पदमुक्त गर्ने निर्णय गरेको हो ।

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङ, मधेसका हरिशंकर मिश्र र सुदूरपश्चिमका देवराज जोशीलाई हटाइएको हो । नयाँ नियुक्ति सिफारिस भएका तीनैजना प्रदेश प्रमुख नेकपा एमालेनिकट हुन् ।

सरकारले मधेसमा सुमित्रा भण्डारी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियाँलाई सिफारिस गरेको छ ।

सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कतै विश्वासको मत फिर्ता लिने र कतै मन्त्रीहरुलाई बर्खास्त गर्ने काम भइरहेको छ, राजनीतिक रुपमा सहज होस्, केन्द्र र प्रदेशको राजनीतिक दृष्टिकोण समान बनोस् भनेर नयाँ नियुक्त गरिएको बताइन् ।