• Menu

अर्थमन्त्री पुनले गरे पदभार ग्रहण, जलवायु वित्तमार्फत आउने रकमलाई पूर्वाधारमा लगाउने निर्णय

नेपाल प्रफिट

२०८० फागुन २३, बुधबार २०:५३

अर्थमन्त्री पुनले गरे पदभार ग्रहण, जलवायु वित्तमार्फत आउने रकमलाई पूर्वाधारमा लगाउने निर्णय

काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले पदभार ग्रहण गरेका छन् । शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पथ तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारस्थिर अर्थ मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

मन्त्री पुनले जलवायु वित्तमार्फत आउनसक्ने अनुदान तथा सहुलियतपूर्ण ऋणलाई पूर्वाधारमा लगाउने पहिलो निर्णय गरेका छन् । नेपालले हालसम्म न्यूनमात्र जलवायु वित्त प्राप्त गर्न सकेको छ । त्यसलाई बढाउने दिशामा सरकारले पहल लिने पनि उनको निर्णयमा उल्लेख छ ।

पुन बुधबार नै मन्त्री नियुक्त भएका हुन् । उनीसँगै नवनियुक्त १६ मन्त्रीले लिए तथा गोपनीयताको शपथ लिएका छन् ।

नेकपा एमाले र माओवादी केन्द्र मिलेर नयाँ सत्ता समीकरण बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रोपटक मन्त्रीमण्डल विस्तार गरेका छन् ।

सोमबार तीन मन्त्रीले शपथ लिएका थिए । यससँगै प्रचण्ड मन्त्रिपरिषद २० सदस्यीय भएको छ ।