• Menu

चैते दसैँमा कालिका भगवती मन्दिरमा ४२ लाख भेटी संकलन

नेपाल प्रफिट

२०८१ चैत २७, बुधबार १०:४९

चैते दसैँमा कालिका भगवती मन्दिरमा ४२ लाख भेटी संकलन

बागलुङ । चैते दसैँको अवसरमा कालिका भगवती मन्दिरमा ४२ लाख ६३ हजार भेटी संकलन भएको छ । नवरात्रको अवधिभर उक्त रकम संकलन भएको हो ।

गत वर्षको तुलनामा यस वर्ष दुई लाखभन्दा बढी भेटि संकलन भएको हो । गण्डकी प्रदेशको प्रमुख शक्तिपीठमध्येको ऐतिहासिक बागलुङ कालिका मन्दिरमा चैते दसैँको अवसरमा यस वर्ष आएका सात लाखभन्दा बढी दर्शनार्थी आएको कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए ।

‘चैते दसैँको मुख्य दिनमा अहिलेसम्मकै धेरै भक्तजन र अहिलेसम्मकै धेरै भेटी संकलन भएको छ,’ खड्काले भने ‘अष्टमीमा एकै दिन तीन लाखभन्दा बढी भक्तजन आएका थिए, उक्त दिन ट्राफिक व्यवस्थापनमा समेत हम्मे-हम्मे परेको थियो ।‘

बागलुङ कालिका मन्दिरमा वडा दसैँ र चैते दसैँ अनि शनिबार र मंगलबार विशेष पूजा हुन्छ । मन्दिरमा चढाइने अक्षता, बोका तथा कुखुराको टाउकोबाट पनि कमाइ हुने गरेको छ ।