• Menu

डोटीमा मिनी ट्रक दुर्घटना हुँदा एकको मृत्यु

नेपाल प्रफिट

२०८१ चैत २५, १६:४६

डोटीमा मिनी ट्रक दुर्घटना हुँदा एकको मृत्यु

डोटी । डोटीमा मिनी ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सोमबार मध्याह्न साढे १२ बजे आसपासमा बडीकेदार गाउँपालिका-३ देउथानमा मिनी ट्रक दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जनजागरण सामुदायिक वनमा सडेगलेका काठ संकलन गरी नजिकै सेलानेको खोलामा घाटमा गद्दी (जम्मा) गर्न लैजाँदै गरेको बा.प्र. ०३००१ ख २५३ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विनोद शर्माका अनुसार सवारी अनियन्त्रित भएर सडक किनारामा पल्टिँदा ट्रकमा सवार बडिकेदार गाउँपालिका-३ देवलका २७ वर्षीय सन्तोष गुरुङको मृत्यु भएको हो ।

गुरुङको ट्रकमा रहेका काठले च्यापिएर घटनास्थलमा नै मृत्यु भएको र सोही ट्रकमा सवार रहेका सामुदायिक वनका अध्यक्ष लोकबहादुर पल्ली मगर घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइतेको स्थानीय स्वास्थ्यचौकी मूलीचौरमा उपचार भइरहेको र अवस्था मध्यम रहेको बडीकेदार गाउँपालिका-३ का वडा सदस्य प्रकाश लामाले जानकारी दिए ।

ट्रक चालक बडिकेदार गाउँपालिका-२ बर्छैनका २९ वर्षीय गोपाल बडेलाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्