• Menu

कांग्रेस-माओवादी सत्ता गठबन्धन भत्कियो, एमालेसँग नयाँ समीकरण

नेपाल प्रफिट

२०८० फागुन २१, ०९:५७

कांग्रेस-माओवादी सत्ता गठबन्धन भत्कियो, एमालेसँग नयाँ समीकरण

काठमाडौं । कांग्रेस-माओवादी सत्ता गठबन्धन भत्किएको छ । कांग्रेससँगको गठबन्धन तोडिएपछि नेकपा एमाले र माओवादी केन्द्र मिलेर नयाँ सरकार निर्मणको तयारी थालेका छन् ।

२०७९ चैतको चुनावपछि नेकपा एमालेको सहयोगमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछि कांग्रेससँग सहकार्य पुगेका थिए । राष्ट्रपतिका विषयमा एमालेसँग कुरा नमिलेपछि कांग्रेसलाई राष्ट्रपति दिएर चुनावका लागि गरेको गठबन्धनलाई निरन्तरता दिएका प्रचण्डलाई फेरि एमालेले काँध थापेको हो ।

एमाले र माओवादी गठबन्धन बनेसँगै आजै सानो मन्त्री मण्डल गठन हुने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा एमालेसहित रास्वपा, राप्रपा र जसपा सहभागी हुने भएका छन् ।