• Menu

दक्षिण कोरियाबाट जीएमईमार्फत सामाजिक सुरक्षा कोषमा नि:शुल्क रकम जम्मा गर्ने व्यवस्था

नेपाल प्रफिट

२०८० फागुन १४, १०:३०

दक्षिण कोरियाबाट जीएमईमार्फत सामाजिक सुरक्षा कोषमा नि:शुल्क रकम जम्मा गर्ने व्यवस्था

काठमाडौं । सामाजिक सुरक्षा कोषले दक्षिण कोरियामा कार्यरत नेपालीको सहजताका लागि जीएमई रेमिटमार्फत नि:शुल्क रकम जम्मा गर्न सकिने व्यवस्था गरेको छ । कोषले जीएमईसँगको सहकार्यमा कोषमा नि:शुल्क योगदान रकम जम्मा गर्न सकिने व्यवस्था मिलाएको हो ।

कोषमा रकम जम्मा गर्न योगदान गर्न चाहेको रकमसहित सामाजिक सुरक्षा नम्बर लिएर जीएमईको कोरियास्थित कार्यालयमा जानुपर्छ । सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न पैसा र सामाजिक सुरक्षा नम्बर दिएपछि त्यहाँका कर्मचारीले नै रकम जम्मा गरिदिन्छन् ।

यसरी पैसा पठाउँदा अतिरिक्त शुल्क नलाग्ने कोषले जनाएको छ । रकम जम्मा भएपछि कोषको योगदानकर्ता पोर्टलमा रहेको आफ्नो अकाउन्टमा गएर योगदान रकम जम्मा भएको स्टेटमेन्ट हेर्न सकिन्छ ।

वैदेशिक रोजगारीमा रहेकाहरुले कोषमा न्यूनतम् प्रतिमहिना २ हजार ३०८ रुपैयाँ जम्मा गर्नुपर्ने व्यवस्था छ । एकपटकमा बढीमा २४ महिनाको रकम जम्मा गर्न सकिने कोषले जनाएको छ ।