• Menu

कर्मचारी सञ्चय कोषमा ३० जनाका लागि खुल्यो जागिर, ४५ वर्षसम्मका लागि अवसर

नेपाल प्रफिट

२०८० फागुन ११, शुक्रबार १४:१८

कर्मचारी सञ्चय कोषमा ३० जनाका लागि खुल्यो जागिर, ४५ वर्षसम्मका लागि अवसर

काठमाडौं । कर्मचारी सञ्चय कोषमा विभिन्न पदका लागि ३० जना कर्मचारी माग भएको छ । कोषले शुक्रबार सूचना जारी गरी पाँचौंदेखि नवौं तहसम्मका विभिन्न पदका लागि दरखास्त आह्वान गरेको हो ।

कोषले वरिष्ठ प्रबन्धक, प्रबन्धक र उपप्रबन्धक १-१ जना माग गरेको छ । त्यस्तै सहायक प्रबन्धकमा १२ जना मागेको छ । सो पदमा खुलाबाट ७, महिला र आदिवासी जनजातिबाट २-२ र मधेसीबाट १ जना नियुक्त हुनेछन् ।

प्रशासनतर्फ १ जना र प्राविधिकतर्फ १ जना सहायक प्रबन्धक माग भएको सूचनामा उल्लेख छ । त्यस्तै पाँचौं तहको प्रशासनतर्फ प्रमुख सहायकका लागि १३ जना कर्मचारी मागिएको छ । सो पदमा खुलाबाट ८, महिला र आदिवासी जनजातिबाट २-२ जना र मधेसीबाट १ जना नियुक्त हुनेछन् ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले २१ दिनभित्र दरखास्त दिनुपर्नेछ । दोब्बर दस्तुर तिरेर थप ७ दिन आवेदन दिन सकिने कोषले जनाएको छ । दरखास्त शुल्क पदअनुसार फरक-फरक निर्धारण गरिएको छ ।