• Menu

प्रियंकारानी जोशी मिस वर्ल्डको उत्कृष्ट २५ मा पर्न सफल

नेपाल प्रफिट

२०८० फागुन ११, शुक्रबार १०:०३

प्रियंकारानी जोशी मिस वर्ल्डको उत्कृष्ट २५ मा पर्न सफल

काठमाडौं । नेपालकी प्रियंकारानी जोशी भारतमा जारी विश्व सुन्दरी प्रतियोगिता (मिस वर्ल्ड) को उत्कृष्ट २५ मा प्रवेश गरेकी छन् । विश्वभरका ११७ प्रतिस्पर्धी मध्येबाट उनी २५ जनामा पर्न सफल भएकी हुन् ।

ब्युटी विथ पर्पस विधामा प्रस्तुत गरेको स्पिच र सन् २०२३ मा राष्ट्रसंघीय दिगो विकास लक्ष्यको विषयमा बनाएको भिडियोका आधारमा जोशीले अन्तिम २५ मा स्थान पक्का गरेको जनाइएको छ ।

अब २५ प्रतिस्पर्धीले ‘हेड टु हेड च्यालेन्ज’मा प्रतिस्पर्धा गर्नेछन् । यसमा छनोट हुन सके जोशी सिधै अन्तिम १५ वा २० मा प्रवेश गर्नेछिन् । नेपाल मिस वर्ल्डको ब्युटी विथ पर्पस विधाको दाबेदार प्रतिस्पर्धी हो ।

‘हेड टु हेड च्यालेन्ज’मा नेपाली समयअनुसार बिहान १०:१५ बजे दिल्लीको भारत मण्डपमा प्रतिस्पर्धा आयोजना हुनेछ ।

नेपाल ‘स्पोर्टस् च्यालेन्ज’ विधाको पनि फाइनलमा प्रवेश गरेको छ । प्रारम्भिक नतिजा हेर्दा यसपटकको मिस वर्ल्डमा नेपालको उपस्थिति बलियो देखिएको छ । जारी ७१औं मिस वर्ल्डको फिनाले मार्च ९ मा मुम्बईमा हुनेछ ।