काठमाडौं । अवैध ढंगले भारतको नयाँ दिल्ली हुँदै रोजगारीका लागि पलाउ पठाउन लागिएका २० युवालाई थाइल्यान्डबाट नेपाल फर्काइएको छ । पलाउमा रोजगारीका लागि पठाउन जनवरी २४ मा भारतको नयाँ दिल्ली हुँदै थाइल्यान्डमा अपलत्र पारिएका नेपालीलाई थाइल्यान्डस्थित नेपाली दूतावासले शुक्रबार नेपाल फर्काएको हो ।
सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएरमात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी कानुनविपरीत छिटो र धेरै पैसा कमाउने हेतुले कम्वोडिया, लाओस, म्यानमार र थाइल्यान्डलगायतका कुनै पनि मुलुकमा बैदेशिक रोजगारीका लागि नआउन राजदूतावासले सबैलाई आग्रह गरेको छ ।