• Menu

बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु

नेपाल प्रफिट

२०८१ फागुन २१, बुधबार ११:१६

बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु

बाजुरा । गौमुल गाउँपालिकामा भिरबाट लडेर सोही गाउँपालिका–६ टाडाकोटका ५६ वर्षीया डम्बरबहादुर रोकायाको मृत्यु भएको छ ।

बुधबार बिहान गाउँ नजिकको वनमा बाख्रा चराउन गएका रोकायाको लडेर घटनास्थलमै मृत्यु भएको उनका आफन्त दीपेन्द्र रोकायाले बताए । उनी एक सय मिटर तल खोचको खसेका हुन् ।