• Menu

बालकृष्ण शिवाकोटी मेमोरियल कविता वाचन प्रतियोगितामा सदासय गौतम प्रथम

नेपाल प्रफिट

२०८० फागुन ३, ०९:४७

बालकृष्ण शिवाकोटी मेमोरियल कविता वाचन प्रतियोगितामा सदासय गौतम प्रथम

काठमाडौं । बालकृष्ण शिवाकोटी मेमोरियल फाउन्डेसनले काठमाडौं उपत्यकाव्यापी माध्यमिक विद्यालय स्तरीय कविता लेखन तथा वाचन प्रतियोगिताका उत्कृष्ट भएकाहरुलाई पुरस्कार प्रदान गरेको छ ।

प्रतियोगितामा वेद विद्याश्रम माविका सदासय गौतम प्रथम भएका छन् । यसैगरी सरस्वती माविकी अदिति तिमिल्सिना द्वितीय र इष्टपोल स्कुलकी प्रियंशा कार्की तृतीय भएका छन् ।

त्यसैगरी आर्याभा निरौला, महादेव पाण्डेय र दृस्टि सत्यालले सात्वना पुरस्कार प्राप्त गरेका छन् ।

प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश: २० हजार, १५ हजार र १० हजार रुपैयाँ प्रदान गरिएको छ । सान्त्वना पुरस्कार प्राप्त गर्ने प्रतियोगीले प्रमाणपत्रसहित एक हजार रुपैयाँ पाएका छन् ।

वरिष्ठ कवि प्रह्लाद पोख्रेलको प्रमुख आतिथ्यता तथा फाउन्डेसनका अध्यक्ष शान्ता शिवाकोटीको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा उपत्यकाका ४४ विद्यार्थी सहभागी थिए ।