• Menu

६१ किलो सुन तस्करी प्रकरणमा अमला रोकाविरूद्ध डिफ्युजन नोटिस जारी

नेपाल प्रफिट

२०८० माघ २४, बुधबार १५:४२

६१ किलो सुन तस्करी प्रकरणमा अमला रोकाविरूद्ध डिफ्युजन नोटिस जारी

काठमाडौं । करिब ६१ किलो सुन प्रकरणका प्रतिवादी अमला रोकाविरूद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)ले डिफ्युजन नोटिस जारी गरेको छ ।

नेसनल कन्ट्रोल ब्‍युरो (एनसीबी) काठमाडौंको सिफारिसमा इन्टरपोलले रोकाविरूद्ध डिफ्युजन नोटिस जारी गरेको सीआईबीका प्रवक्ता नवराज अधिकारीले नेपाल प्रफिटलाई जानकारी दिए ।

रोका सुनकाण्डमा मुछिएका बेल्जियम नागरिक दाबा छिरिङकी श्रीमती हुन् । उनी ठमेलस्थित होटल भियनाकी सञ्चालक पनि हुन् ।

साउन २ गते राजस्व अनुसन्धान विभागको टोलीले त्रिभुवन विमानस्थल भन्सारबाट राजस्व जाँच पास गरेर बाहिरिएको ६० किलो ७१६ ग्राम सुन बरामद गरेको थियो ।