• Menu

बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरी हिरासतमुक्त

नेपाल प्रफिट

२०८० माघ २४, बुधबार १२:३१

बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरी हिरासतमुक्त

काठमाडौं । बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडको १० रोपनी जग्गा प्रकरणमा पक्राउ परेका अरूण चौधरी हिरासतमुक्त भएका छन् ।

सरकारी जग्गा निजी बनाएको मुद्दामा पक्राउ परेका व्यवसायी अरूण चौधरीसहित बाँसबारी जुत्ता कारखानाका कार्यकारी अध्यक्ष अजितनारायणसिंह थापा र चाँदवाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुर हाजिर जमानीमा हिरासतमुक्त भएका हुन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार उनीहरुलाई छाडेको छ । न्यायाधीश यज्ञ आचार्यको इजलासले उनीहरूलाई २५ दिन हिरासतमा राख्नुपर्ने नदेखिएको भन्दै सोमबारदेखि लागू हुने गरी दुई दिनमात्र म्याद थप गरेको थियो ।

आचार्यको इजलासले दुई दिनमा उनीहरूलाई गराउनुपर्ने कागज गराएर जमानीमा छाड्न आदेश दिएको थियो । सोही आदेशअनुसार बुधबार सरकारी वकिल कार्यालयमा हाजिर गराएर तीनै जनालाई छाडिएको सीआईबीले जनाएको छ ।

सीआइबीले तीन महिनाभन्दा बढी समय अनुसन्धान गरेर सरकारी जग्गा निजीकरण गरेको फेला पारेको भन्दै गत बुधबार उनीहरुलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्