• Menu

निर्माण व्यवसायीको भुक्तानी नगरेकोप्रति सांसद सिंहको आपत्ति

नेपाल प्रफिट

२०८० माघ २४, बुधबार ११:३९

निर्माण व्यवसायीको भुक्तानी नगरेकोप्रति सांसद सिंहको आपत्ति

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सरकारले निर्माण व्यवसायीको भुक्तानी नगरेकोप्रति आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभाको शून्य समयमा उनले भने, सरकारले गत आर्थिक वर्षमा काम गरेको निर्माण व्यवसायीको भुक्तानी अहिलेसम्म गरेको छैन । काम सुरु भएको छैन । काम तीन जिल्लामा मात्रै सुरु भएको छ । अर्थमन्त्रीको जिल्ला नुवाकोट, डडेल्धुरा र चितवन ।’

तीन जिल्लामा अर्बौंको योजना स्वीकृत भएकोप्रति पनि उनले असन्तुष्टि जनाए । ‘बाँकी जिल्लामा विकास निर्माण हुनु हुँदैन ? ठेक्का लागिसकेको छ ? काम किन नहुने ? तीन जिल्लाको मात्रै देश हो ?’ उनले प्रश्न गरे ।

अहिले नुवाकोटमा दुई खर्बभन्दा बढीको आयोजना स्वीकृत भएको, अर्बौँको आयोजना गोरखामा स्वीकृत भएको र दुई खर्बभन्दा बढी चितवन र डडेल्धुरामा स्वीकृत भएको सांसद सिंहले बताए ।