• Menu

त्रियुगा नगरपालिकामा सवारी दुर्घटना न्यूनीकरण गर्न उज्यालो नगर अभियान सुरु

नेपाल प्रफिट

२०८१ माघ २२, १६:४९

त्रियुगा नगरपालिकामा सवारी दुर्घटना न्यूनीकरण गर्न उज्यालो नगर अभियान सुरु

उदयपुर । यहाँको त्रियुगा नगरपालिकामा रात्रिकालीन समयमा सवारी दुर्घटना न्यूनीकरण गर्न नगरपालिकाले उज्यालो नगर अभियान सुरु गरेको छ ।

नगरपालिकाका अनुसार मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने गाईघाट, पुरानो गाईघाट, असारी सडकका मुख्य बजार र चोकका विद्युत पोलमा ‘स्मार्ट लाइट’ जडान सुरु गरिएको हो । त्रिनपा-९ को गैरुन, राजाबास तथा चुहाडे क्षेत्रका मुख्य सडकका चोकहरुमा पनि स्मार्ट लाइट जडान सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

त्यसैगरी, सगरमाथा सडकअन्तर्गत त्रिनपा-५,४ र ३ को देउरी, बगाहा, मोतिगडा, भुल्के, खैजनपुरसहित त्रिनपा-१० बोक्से क्षेत्रको चोक र भीड हुने स्थानहरुमा स्मार्ट लाइट जडान भइरहेको छ ।

नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतका अनुसार नगरको ती क्षेत्रहरुमा प्रत्येक महिना सवारी दुर्घटना हुन थालेपछि दुर्घटना न्यूनीकरण गर्न उज्यालो नगर अभियान सुरु गरिएको हो ।

२०६५ सालसम्म नगरभित्र ५६ हजार मात्र जनसंख्या रहेकामा हाल एक लाख ३० हजार पुगेको छ । यातायातका साधनहरु यस क्षेत्र हुँदै दैनिक चार हजारभन्दा बढी गुड्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्