• Menu

नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य, सीताले लिइन् ५ विकेट

नेपाल प्रफिट

२०८१ माघ २०, १३:५३

नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य, सीताले लिइन् ५ विकेट

काठमाडौं । काठमाडौंमा जारी नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड सम्मिलित महिला टी-२०आई शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले १४१ रनको लक्ष्य पाएको छ ।

टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले नेपाल निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको हो । अन्तिम ३ ओभरमा नेपालले किफायती प्रदर्शन गर्दै नेदरल्यान्ड्सलाई उच्च स्कोर बनाउनबाट रोकेको छ ।

अन्तिम ३ ओभरमा ९ रन दिएको नेपालले ५ विकेट लिएको छ । सीता रानामगरले पाँचै विकेट लिएकी हुन् । उनले ३ ओभर बलिङ गर्दै १२ रन दिएर ५ विकेट लिएपछि नेदरल्यान्ड्सले उच्च स्कोर बनाउनबाट चुकेको हो ।

नेपालले यसअघि नेदरल्यान्ड्ससँग र थाइल्यान्डसँग एक-एक खेल हारिसकेको छ ।