• Menu

प्रतिनिधिसभा बैठकको कार्यसूची निर्धारण

नेपाल प्रफिट

२०८१ माघ १५, १६:१३

प्रतिनिधिसभा बैठकको कार्यसूची निर्धारण

काठमाडौँ । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिले शुक्रबार हुने प्रतिनिधिसभा बैठकको कार्यसूची निर्धारण गरेको छ । सभामुख देवराज घिमिरेको अध्यक्षतामा आज मंगलबार भएको समितिको बैठकले सम्भावित कार्यसूची निर्धारण गरेको हो ।

बैठकको निर्णयअनुसार अधिवेशनको पहिलो दिन ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१’, ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश २०८१’, ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१’ तथा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१’ प्रतिनिधिसभामा पेस हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्