काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिको जिम्मेवारी डोलप्रसाद (डीपी) अर्याललाई दिइएको छ ।
रास्वपाको सोमबार बसेको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई दिने निर्णय गरेको हो ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा आइतबार मुद्दा दर्ता भएको छ । लामिछानेविरुद्ध मुद्दा दर्ता भएको जानकारी प्रहरीले संसद सचिवालयलाई गराइसकेको छ ।