• Menu

एसिया कप क्रिकेट : नेपालविरुद्धको खेलमा बंगलादेशले टस जित्यो

नेपाल प्रफिट

२०८१ पुस ५, शुक्रबार १४:०३

एसिया कप क्रिकेट : नेपालविरुद्धको खेलमा बंगलादेशले टस जित्यो

काठमाडौँ । मलेसियामा जारी एसिसी यु-१९ महिला एसिया कप क्रिकेटअन्तर्गत सुपर चारको आफ्नो दोस्रो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा भर्खरै भएको टसमा बंगलादेशले टस जितेर पहिला बलिङ राजेको छ । वर्षा बाधक भएपछि निर्धारित समयभन्दा केही ढिला टस भएको हो ।  नेपाल र बंगलादेशबीचको उक्त खेल ११:४५ बजेदेखि हुने भनिएको थियो । यस खेलमा बंगलादेशलाई पाखा लगाउदै नेपालको फाइनल पुग्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ ।

नेपाल समूह ‘बी’ को उपविजेता तथा बंगलादेश समूह ‘ए’ को विजेताका रूपमा सुपर फोरमा पुगेका हुन् । सुपर फोरको पहिलो खेल वर्षाका कारण रद्द हुँदा नेपालले श्रीलंकासँग अंक बाँडेको थियो ।