• Menu

जनकपुर फाइनलमा, कर्णाली याक्स २ विकेटले पराजित

नेपाल प्रफिट

२०८१ पुस ४, १६:०७

जनकपुर फाइनलमा, कर्णाली याक्स २ विकेटले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणमा जनकपुर बोल्ट्स फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको क्वालिफायर टु मा कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले ९ विकेटको क्षतिमा ११८ रन बनाएको थियो ।

कर्णालीका लागि ओपनर जयकिशन कोल्सावाला १ रन मात्र बनाएर आउट भए । विलियम बोसिस्टो १४, चाडविक वाल्टन ११,जिसन मक्सुद १२ र देव खनालले २० बल खेलेर २४ रन जोडे ।

त्यस्तै कप्तान सोमपाल कामी ५ र गुल्सन झाले दुई छक्का र एक चौका प्रहार गर्दै १९ बलमा सर्वाधिक २५ रन बनाउन सफल भए । बलिङमा कर्णालीका लागि विपिन प्रसाद शर्माले सर्वाधिक तिन विकेट लिए ।

त्यस्तै कप्तान सोमपाल कामी,जयकिशन कोल्सावाला, जिसन मक्सुदले समान १-१ विकेट लिन सफल भए । त्यस्तै विलियम बोसिस्टोले २ विकेट लिए ।

कर्णालीले दिएको ११९ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभरमा ८ विकेटको क्षतिमा लक्ष्य पुरा गर्‍यो ।

जनकपुरका लागि जिमी नीशमले सर्वाधिक १७ बलमा पाँच छक्का र दुई चौका प्रहार गर्दै ४५ रन बनाए । कप्तान तथा ओपनर आसिफ शेखले ६ बल मा ४ रन मात्र बनाए । शुभ कंसाकार तिन र लाहिरु मिलान्था दुई रन बनाएर आउट भए । हर्श थाकर १७ र आकाश त्रिपाठी १३ रन जोडे । शेर मल्ल अविजित १० बलमा १६ रन बनाए ।

बलिङमा जनकपुरका लागि जिमी नीशमले सर्वाधिक ३ विकेट लिए । ललित राजवंशी दुई विकेट लिए भने उनले तिन ओभरमा २१ खर्चिए । मोहमद मोहसिन दुई विकेट लिदै ११ लिए ।त्यस्तै हर्श थाकर र शेर मल्लले समान १-१ विकेट लिए ।

पहिलो क्वालिफायरको विजेता बन्दै सुदूरपश्चिमले फाइनल खेलमा स्थान पक्का गरिसकेको छ ।  फाइनल खेलमा सुदूरपश्चिम र  जनकपुर भिड्ने छन् । यस अगि दुई खेलमा जनकपुरले सुदूरपश्चिम सँग हार व्यहोरेको थियो ।  फाइनल खेल शनिबार दिउँसो हुनेछ ।