काठमाडौँ । मलेसियामा जारी महिला यु-१९ एसिया कपको ‘सुपर-४’ को नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएपछि एक-एक अंक बाँडेका छन् ।
आजको खेलमा नेपालले श्रीलंकाविरुद्ध टस जितेर फिल्डिङ गरेको थियो । पहिलो ओभर सकिए लगत्तै सुरु भएको वर्षा नरोकिएपछि खेल रद्द हुन पुगेको हो ।
नेपालले पहिलो ओभरमै श्रीलंकाको एक विकेट लिएको थियो । वर्षा नरोकिएपछि दुवै टोलीले समान एक-एक अंक बाँडेका हुन् ।
यसअघि नेपालले पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर–४ मा प्रवेश गरेको थियो । यसैगरी समूह चरणको अन्तिम खेल पनि वर्षाका कारण रद्द भएपछि नेपाल र भारतले एक-एक अंक बाँडेका थिए । सुपर-४ मा नेपालसहित भारत, बंगलादेश र श्रीलंका छन् । नेपालले शुक्रबार सुपर-४ अन्तर्गत बंगलादेशको सामना गर्नेछ ।