काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ११९ रन को लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले ९ विकेटको क्षतिमा ११८ रन बनाएको हो ।
कर्णालीका लागि ओपनर जयकिशन कोल्सावाला १ रन मात्र बनाएर आउट भए । विलियम बोसिस्टो १४, चाडविक वाल्टन ११,जिसन मक्सुद १२,देव खनालले २० बल खेलेर २४ रन जोडे ।
त्यस्तै कप्तान सोमपाल कामी ५ र गुल्सन झाले दुई छक्का र एक चौका प्रहार गर्दै १९ बलमा २५ रन बनाउन सफल भए ।
बलिङमा जनकपुरका लागि जिमी नीशमले सर्वाधिक ३ विकेट लिए । ललित राजवंशी दुई विकेट लिए भने उनले तिन ओभरमा २१ रन खर्चिए । मोहमद मोहसिनले दुई विकेट लिदै ११ दिए ।
त्यस्तै हर्श थाकर र शेर मल्लले समान १-१ विकेट लिए ।
पहिलो क्वालिफायरको विजेता बन्दै सुदूरपश्चिमले फाइनल खेलमा स्थान पक्का गरिसकेको छ ।
बुधबार भएको इलिमिनेटर खेलमा कर्णाली याक्स विजेता बन्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो । कर्णालीले इलिमिनेटर खेलमा चितवन राइनोजलाई पराजित गर्दै विजयी भएको थियो । कर्णाली र जनकपुरबीचको विजेताले फाइनलमा सुदूरपश्चिमसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।