• Menu

महिला यु-१९ एसिया कप : वर्षाले नेपाल र श्रीलंकाबीचको खेल अवरुद्ध

नेपाल प्रफिट

२०८१ पुस ४, १२:५०

महिला यु-१९ एसिया कप : वर्षाले नेपाल र श्रीलंकाबीचको खेल अवरुद्ध

काठमाडौँ । मलेसियामा जारी महिला यु-१९ एसिया कपको ‘सुपर-४’ को नेपाल र श्रीलंकाबीचको खेल वर्षा कारण रोकिएको छ ।

मलेसियाको क्वालालम्पुरस्थित वेयुमास ओभल क्रिकेट मैदानमा केही बेर अघि सुरु भएको खेल वर्षाले रोकिएको हो । नेपालले श्रीलंकाविरुद्ध टस जितेर फिल्डिङ थालेको थियो । पहिलो ओभर सकिएलगत्तै वर्षा सुरु भएपछि खेल रोकिएको हो ।

नेपाल पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउदैँ सुपर–४ मा प्रवेश गरेको थियो ।

यसैगरी, समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल र भारतले एक-एक अंक बाँडेका थिए । रनरेटको आधारमा भारत समूह ‘ए’ को विजेता बन्दा नेपाल उपविजेता बनेको थियो ।