• Menu

जनकपुर बोल्ट्सले दियो सुदूरपश्चिमलाई १४० रनको लक्ष्य

नेपाल प्रफिट

२०८१ पुस ३, बुधबार १४:५६

जनकपुर बोल्ट्सले दियो सुदूरपश्चिमलाई १४० रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिमलाई १४० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन जोडेको हो ।

जनकपुरका लागि जिमी निशमले सर्वाधिक ४५ रन जोडे । उनले २३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे ।

ओपनर लाहिरू मिलन्था १२ रन र आसिफ शेख ११ रन जोडेर आउट भए । शुभ कंसाकारले रनआउट हुनुअघि २६ रन जोडे। हर्ष थाकर १२ रन र अरनिको यावदले ११ रन जोड्न सके।

बलिङमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रले ३ विकेट लिए । उनले ४ ओभरमा २९ रन खर्चिए । सइफ जइबले २ विकेट लिँदा कुगेलेइन र अभिनासले १-१ विकेट हात पारे ।

यो खेलको विजेता फाइनलमा पुग्नेछ भने पराजित हुने टोलीले दोस्रो क्वालिफायरमा भोलि कर्णाली याक्ससँग दोस्रो क्वालिफायरमा खेल्नेछ । दोस्रो क्वालिफायरको विजेता पनि फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।