• Menu

सुनको मूल्य बढ्यो, प्रतितोला १ लाख ५० हजार ७०० रुपैयाँ निर्धारण

नेपाल प्रफिट

२०८१ मंसिर २०, ११:१३

सुनको मूल्य बढ्यो, प्रतितोला १ लाख ५० हजार ७०० रुपैयाँ निर्धारण

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य ३०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख ५० हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आजका लागि प्रतितोला १ लाख ५० हजार ७०० रुपैयाँ निर्धारण भएको हो ।

कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा पनि मूल्य घटिरहेका बेला सरकारले भन्सार दर १० प्रतिशतमा झारेपछि सुनको मूल्य केही घटेको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य १५ रुपैयाँ बढेको छ । मंगलबार १ हजार ८६५ रुपैयाँ प्रतितोला रहेको चाँदीको मूल्य बिहीबारका लागि १ हजार ८८० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।

सुनसँगै अन्तर्राष्ट्रिय बजारमा क्रिप्टोकरेन्सी बिटक्वाइन, इथरियमलगायतको मूल्य पनि बढेको छ । नेपाली रुपैयाँको तुलनामा डलरको मूल्य पनि हालसम्मकै उच्च बनेको छ ।